काठमाडौं। नेकपा (माओवादी केन्द्र) का महासचिव एवं पूर्वमन्त्री देवप्रसाद गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सफल बनाउन प्रचण्डकी धर्मपत्नी सीता दाहालको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरेका छन् ।
‘तीसको दशकमा कमरेड प्रचण्डसँगको वैवाहिक जीवनमा जोडिएपछि कमरेड सीता दाहालको पार्टी निर्माण र पार्टी हेडक्वार्टर सञ्चालनमा सकारात्मक भूमिका रह्यो । पञ्चायत र जनयुद्धकाल संकटको समय थियो । पारिवारिक जिम्मेवारी लिने र कम्युनिस्ट आन्दोलनमा जोडिने कन्ट्राडिक्सनका बीचमा पनि उहाँमा कुनै वैचारिक विचलन भएन । कम्युनिस्ट आन्दोलनप्रति सदैव निष्ठाभाव रहिरह्यो । प्रचण्डलाई सफल बनाउन उहाँकी धर्मपत्नी कमरेड सीता दाहालको महत्त्वपूर्ण भूमिका छ,’ उनले भने ।
दाहालको निधनले माओवादी आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनलाई गम्भीर क्षति पुगेको पनि गुरुङले औंल्याए । उनले भने, ‘मान्छेले त्रुटि गर्दै गर्दैन त भन्न सकिन्न । कमीकमजोरीबाट मुक्त कोही पनि हुन्न । सचेत र अनजानवश हुने भन्ने कुरा मात्र हो । तर उहाँले देश र जनता अनि कम्युनिस्ट आन्दोलनलाई क्षति पुग्ने काम गर्नुभयो भन्ने लाग्दैन ।’
सीता दाहालमा जसरी पनि पदीय जिम्मेवारी लिने इच्छा, आकांक्षा नभएको पनि उनको टिप्पणी छ । दाहाल जहिल्यै पार्टी एकताको पक्षमा उभिएको पनि उनले दाबी गरे ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend