Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • ललितपुरबाट ४ लाख ६५ हजार रूपैयाँ नक्कली नोट बरामद, २ जना फरार


    बिहिबार, असोज १ २०७७
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । ललितपुर प्रहरीले ४ लाख ६५ हजार नक्कली नोट बरामद गरेकाे छ ।

    ललितपुर महानगरपालिका–१४ ताल्छीखेलबाट १ हजार दरका ४ सय ६५ थान नक्कली नोट बरामद गरिएकाे प्रहरीले जनाएको छ ।

    ताल्छीखेलस्थित जयनाथ दुर्गा जेम्स एण्ड ज्वेलरी सुन पसलमा आएका २ जना अपरिचित पुरुषले ५ तोला बराबरको सुनको हार खरिद गरेर नक्कली नोट दिएर फरार भएका हुन ।

    सुन पसलेका अनुसार बिल समेत नलिई उनीहरु फरार भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५ गड्डीमा ४६५ थान नक्कली नोट र प्रत्येक गड्डीको माथिल्लो भागमा १/१ थान सक्कली नोट बरामद भएको हो ।

    ज्वेलरी पसलमा नक्कली नोट दिएर फरार भएका व्यक्तिहरुको बारेमा खोजी कार्य जारी राख्नुका साथै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार