Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५१ लाख नाघ्याे


    बिहिबार, असोज १ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । भारतमा कोरानोभाइरसबाट संक्रमितहरुको संख्या ५१ लाख नाघेको छ । भारतीय सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार यहाँका संक्रमितको संख्या ५१ लाख १८ हजार २५४ जना पुगेको हो ।

    भारतीय सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ९७ हजार ८९४ जना थप संक्रमित थपिएका पनि बताइएको छ ।सोही अवधिमा एक हजार १३२ जना संक्रमितको मृत्यु पनि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

    भारतमा देशभरि अहिलेसम्म कुल संक्रमितमध्ये कोरोनाकै कारण मृतकको संख्या ८३ हजार १९८ जना पुगेको छ ।  भारतमा कुल संक्रमितमध्ये नौ लाख १० हजार ९ हजार ९७६ जना अझै पनि अस्पतालमा उपचाररत या आइसोलेसनमा रहेका छन् ।

    त्यस्तै ४० लाख २५ हजार ८० जना संक्रमणमुक्त भइसकेका छन् । सो मन्त्रालयका अनुसार संक्रमण मुक्त हुने अनुपात करिब ७९ प्रतिशत रहेको छ । निको हुने यो दरलाई भारतीय अधिकारीहरुले सकारात्मक रुपमा लिएको बताएका छन् ।    
     
    भारतमा अहिलेसम्म ६ करोडभन्दा बढी नागरिकमा कोरोना भाइससम्बन्धी पिसिआर परीक्षण गरिएको बताइएको छ । भारतका स्वास्थ्य अधिकारीहरुले भारतमा हिजोमात्र ११ लाख ३६ हजारभन्दा बढीको परीक्षण गरिएको बताएका छन् ।      

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार