Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • अस्पतालले भर्ना लिन नमान्दा कोरोना संक्रमितको मृत्यु


    बिहिबार, असोज १ २०७७
    825
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • रुपन्देही । रूपन्देहीमा अस्पतालले भर्ना नलिएपछि पाल्पाका एक कोरोना संक्रमितकाे मृत्यु भएकाे छ । तानसेन नगरपालिका–७ का ५२ वर्षीय कोरोना संक्रमित पुरुषलाई बुटवल र भैरहवा अस्पतालले भर्ना लिन नमानेपछि मृत्यु भएको हाे ।

    उनलाई केहीदिन अघि बुटवल र भैरहवाका ४ वटा अस्पतालमा पुर्याइएको थियो । ४ वटै अस्पतालले भर्ना नलिएपछि पाल्पा फर्काएको ३ दिनपछि उनको मृत्यु भएको हो ।

    अस्पतालले भर्ना नलिएपछि उनलाई तानसेन नगरपालिका र मिसन अस्पतालले सञ्चालन गरेको वृद्धाश्रम आइसोलेसन सेन्टरमा राखिएको थियो । उनकाे आज मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

    भदौ २६ गते मिसन अस्पतालमा भर्ना भएका थिए । कोरोनासँग मिल्ने लक्षण देखिएपछि स्वाव परीक्षण गर्दा २९ गते कोरोना पोजेटिभ देखिएकाे थियो ।

    कलेजोमा समेत समस्या भएका पुरुषलाई मिसन अस्पतालले ३० गते बुटवलको कोरोना प्रदेशिक अस्पतालमा रिफर गरेको थियो । तर उनलाई बुटवल र भैरहवा सुविधा सम्पन अस्पतालहरुले भर्ना लिन नमाने पछि पाल्पा फर्काएर वृद्धाश्रम आइसोलेसन सेन्टरमा राखिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार