Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • बानेश्वरमा एमाले संसदीय दलको बैठक जारी


    सोमबार, असार २५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा (एमाले) संसदीय दलको बैठक सुरू भएको छ। प्रमुख तीन दलको बैठकलगत्तै संघीय संसद् भवन नयाँ बानेश्वरमा संसदीय दलको बैठक बसिरहेको हो।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल भएको थियो।

    बैठकपछि संसद्को अवरोध हटाउन सकारात्मक भएको एमालेका एक नेताले प्रतिक्रिया दिएका थिए।

    ‘संसद्को अवरोध हटाउने विषयमा सकारात्मक कुराकानी भएको छ। बैठकपछि हामी संसदीय दलमा आएका छौं,’ ती नेताले भने। यता एमाले अध्यक्ष ओलीले भने पार्लियामेन्टमा थाहा हुने भन्दै बैठकबाट बाहिरिएका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार