Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्डको दाबी- कम्युनिस्ट आन्दोलनलाई यहाँसम्म ल्याउन पुष्पलालको अतुलनीय योगदान छ


    सोमबार, असार २५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्ट आन्दोलनलाई यहाँसम्म ल्याउन स्व.पुष्पलाल श्रेष्ठको अतुलनीय योगदान रहेको दाबी गरेका छन् ।

    आज पुष्पलाल राष्ट्रिय पुरस्कार वितरण समारोह कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले श्रेष्ठले कम्युनिस्ट आन्दोलनलाई राजनीतिक, वैचारिक र सांगठनिक रुपमा योगदान दिएको बताए ।

    ‘युगान्तकारी राजनीतिक परिवर्तन सहितको संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याई पुर्याउन पुष्पलालले गरेको योगदान अनुकरणीय छ । उहाँले कम्युनिस्ट आन्दोलनको विकासमा सिद्धान्त, विचार, नीति देखाउनुभएको मार्गको ठुलो महत्व र अर्थ छ’ प्रचण्डले भने, ‘उहाँ (पुष्पलाल) को योगदान र संघर्ष सबैका सामू छर्लङ्ग छन् । नेपालको कम्युनिस्ट आन्दोलन मात्रै नभएर सिंगो कम्युनिस्ट आन्दोलन अघि बढाउन उहाँको निक्कै ठुलो योगदान छ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार