Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफल स्थगित


    बिहिबार, असोज १ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । आजका लागि तय भएको सत्तापक्ष र प्रतिपक्षीबीचको छलफल स्थगित भएको छ । संवैधानिक नियुक्ति टुंग्याउन सत्तारुढ नेकपाले आज प्रमुख प्रतिपक्षी दल कांग्रेससँग छलफल तय गरेको थियो । तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आइसोलेशनमा बसेसँगै छलफल स्थगित भएको हो । 

    देउवाको सचिवालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । ती कर्मचारीमा कोरोना देखिएसँगै कन्ट्याक्ट ट्रेसिङका आधारमा देउवा आइसोलेशनमा बसेका हुन् । उनको शुक्रबार कोरोना परीक्षण गर्ने तयारी छ । 

    यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हिजो भएको छलफलमा प्रमुख प्रतिपक्षी कांग्रेससँग छलफल गर्ने तय गरिएको थियो । लामो समयदेखि नियुक्ति हुन नसकेका संवैधानिक अंग र विश्व विद्यालयका पदाधिकारीहरुको नियुक्ति टुंग्याउनका लागि छलफल हुन लागेको हो ।

    संवैधानिक परिषद्‍मा प्रमुख प्रतिपक्षी दलका नेता सदस्य रहने व्यवस्था छ । रिक्त आयोग र विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा कांग्रेसले पनि आफ्नो अडान राख्दै आएको छ । अब देउवाको कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्र बैठक बस्ने भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार