Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • समाजवादी मोर्चाको पहिलो बैठक आलोकनगरमा जारी


    शनिबार, असार २३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । समाजवादी मोर्चाको पहिलो बैठक एकीकृत नेकपा समाजवादीको पार्टी कार्यालय आलोकनगरमा बसिरहेको छ । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सम्मिलित मोर्चाको पहिलो बैठक जारी छ ।

    बैठकमा चार पार्टीका अध्यक्षसँगै अन्य शीर्ष नेताहरु सहभागी छन् । ४ असारमा चार पार्टीले मोर्चाको घोषणा गरेका थिए ।

    बैठकमा पछिल्लो राजनीतिक घटनाक्रममा मोर्चाको भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कामहरुको योजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल भईरहेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार