Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेले गर्‍यो मधेश प्रदेशसभा बैठक अवरुद्ध


    शनिबार, असार २३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम । नेकपा एमालेले मधेश प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

    मधेश सरकारका अर्थ मन्त्री संजय कुमार यादवले मनोमानी ढंगबाट करोडौं रुपैयाँ रकमान्तर गरेको भन्दै एमालेले आज प्रदेशसभा बैठक अवरुद्ध गरेको हो ।

    आर्थिक वर्षको अन्तिम समयमा के कति कारणले बजेट रकमान्तर गरेको भन्ने जवाफ माग गर्दै एमाले शनिबार बैठक सुरु हुनेबित्तिकै प्रदेशसभा अवरुद्ध गरेको हो ।

    एमाले संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले अर्थमन्त्रीले बजेट रकमान्तरमार्फत गरेको अनियमितताको जवाफ मुख्यमन्त्री सरोज यादवले नदिए बैठक चल्न नदिने बताए ।

    त्यसपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार