Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • रास्वपाका महामन्त्री ढकालले भने : लडाकु शिविरका कारण माओवादीसँग प्रतिपक्षमा बस्ने ल्याकत छैन


    शनिबार, असार २३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • लुम्बिनी । रवि लामिछाने नेतृत्त्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकालले नेकपा (माओवादी केन्द्र) लडाकु शिविर प्रकरण बाहिर आउने डरले सत्ता बाहिर बस्न नसक्ने दाबी गरेका छन्।

    प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा भैरहवा आएका ढकालले माओवादीसँग प्रतिपक्षमा बस्ने ल्याकत नभएको बताएका हुन्।

    उनले भने, ‘तपाईंहरुलाई थाहा नै छ। लडाकु शिविर प्रकरण बाहिर आउने डरले माओवादी सत्ता बाहिर निस्कन सक्दैन। माओवादी सधैं सरकारमा बसिरहन्छ। माओवादी सधैं सरकारमा टाँस्सिरहन्छ। माओवादीसँग प्रतिपक्षमा बस्ने ल्याकत ल्याकत छैन लडाकु शिविर प्रकरणका कारण पनि। ’

    एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा मागेको बताउँदै महामन्त्री ढकालले विकल्प दिएर राजीनामा माग्न सुझाव दिए। ‘प्रधानमन्त्रीले दिल्लीसँग चाहिँ आफूलाई प्रधानमन्त्री बनाउन लमि गरेजस्तो देखिन्छ। जुन वास्तममा मर्यादा अनुसार भए। यसको आधारमा एमालेको राजीनामा मागेको छ। हामीले राजीनामा मागिरहेका छैनौं। हामीले प्रधानमन्त्रीले किन बोल्नुभयो भन्नेबारे आफ्नो कुरा स्पष्ट पार्नुपर्छ । उहाँले स्पष्ट पारेको आधारमा हामी थप टिप्पणी गर्नेछौँ। हाम्रो धारणा यहि हो। ’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार