Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • कोरोना महामारीले बन्द पर्यटन ब्यवसाय संचालन हुँदैः चन्द्रागिरि केबलकार बिहीबारदेखि चल्ने


    बुधबार, भाद्र ३१ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । विश्वब्यापाी कोरोना महामारीका कारण ठप्प रहेको पर्यटन ब्यवसाय सुचारु हुने भएको छ । यसैक्रममा विगत ६ महिनादेखि बन्द रहेको चन्द्रागिरि केबलकार असोज १ गतेदेखि सञ्चालनमा आउने भएको छ । लामो समयदेखिको बन्दाबन्दी र निषेधाज्ञाका कारण गत चैत ९ गतेदेखि बन्द रहेको केबलकारलाई स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालनमा ल्याउन लागिएको हो ।

    चन्द्रागिरि हिल्स प्रालिका महाप्रबन्धक अभिषेकविक्रम शाहले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी सबै मापदण्डअनुरूप कम्पनीले केबलकार र रिसोर्ट सञ्चालनको तयारी गरेको जानकारी दिनुभयो ।

    “यात्रुलाई सामाजिक दूरी कायम गराउन प्रवेशद्वारदेखि हरेक ठाउँमा गोलो घेरा लगाउने, मास्क, स्यानिटाइजर र  पञ्जाको अनिवार्य व्यवस्था गरी प्रत्येक केबलकारमा आधा मात्र यात्रु राखेर सेवा प्रदान गर्न लागेका छौँ”, उहाँले भन्नुभयो ।

    चन्द्रागिरी केवलकारपछि अब मनकामना केवलकार, होटलहरु पनि सामाजिक दूरी कायम गरी संचालनमा ल्याउनुको विकल्प नभएको ब्यवसायीहरु बताउँछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार