Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हृदयाघातका कारण नेकपा एसका पाल्पा अध्यक्ष पाण्डेको निधन


    शनिबार, असार २३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादी पाल्पाका अध्यक्ष खिमानन्द पाण्डेय (कमल) को निधन भएको छ। बगनासकाली गाउँपालिका–१ पिप्लेस्थित घरबाट उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लैजाने क्रममा बाटोमै निधन भएको हो ।

    शुक्रबार साँझ ६ः१५ बजे हृदयघाट भई ५२ वर्षीय पाण्डेयको उपचारका लागि लुम्बिनी मेडिकल कलेज लगिएकोमा ६ः४५ बजे अस्पतालले मृत्यु घोषणा गरेको पारिवारिक स्रोतले जनाएको छ ।

    मृतक पाण्डेयको दुई छोरा र श्रीमती छन् । पाण्डेयका २६ वर्षीय माहिलो छोराको पनि गत वर्ष हृदयघाटबाटै मृत्यु भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार