Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आरजु देउवाले हालिन् अमरेश सिंहविरुद्ध गालीबेइज्जती मुद्दा, आइतबार पेशी


    शुक्रबार, असार २२ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। सत्तारुढ नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले स्वतन्त्र सासंद डा. अमरेश कुमार सिंहविरुद्ध गालीबेइज्जती तथा मानहानिको मुद्दा दर्ता गरेकी छन् ।

    गत जेठ २६ गते देउवाले सिंहलाई विपक्षी बनाई जिल्ला अदालत काठमाडौंमा गालीबेइज्जती मुद्दा दर्ता गरेको आरजुनिकट स्रोतले लोकान्तरलाई जानकारी दियो ।

    स्रोतका अनुसार रिट निवेदनमा अमरेशलाई हदैसम्मको कारवाही गर्न माग गरेकी छिन् ।

    जिल्ला अदालतमा दर्ता मुद्दाको सुनुवाइ पेशी असार २४ गते तोकिएको छ ।

    पछिल्लो समय अमरेशले आरजुलाई ‘गणतन्त्रकी पम्फादेवी’को संज्ञा दिँदै आएका थिए । देशका ठूला भ्रष्टाचार काण्डमा आरजुको संलग्नता रहेको आरोपसहित अमरेशले सञ्चार माध्यममा अन्तवार्ता दिँदै हिँडेका थिए ।

    सभापति शेरबहादुर देउवा र आरजुले आफूलाई टिकट नदिएको भन्दै अमरेश रुष्ट थिए ।

    अमरेशविरुद्धको रिट निवेदनमा उनले सञ्चार माध्यममा दिएका अभिव्यक्तिलाई समेत समावेश गरिएको छ । रिटसँगै प्रमाणको रूपमा अडियो, भिडियोसमेत आरजुले पेश गरेकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार