Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • शेखर कोइरालाले भने- प्रधानमन्त्रीको अभिब्यक्तिले संसदको गरिमा घट्यो


    शुक्रबार, असार २२ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सत्तारुढ नेपाली कांग्रेस नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवसायी प्रीतम सिंह बारे दिएको अभिब्यक्ती गलत भएको बताएका छन्।

    शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारसँग नेता कोइरालाले प्रधानमन्त्रीले ब्यवसायी सिंहबारे दिएको अभिब्यक्ति अत्यन्त गलत भएको बताएका हुन्। उनले भने,‘प्रधानमन्त्रीको अभिब्यक्तिले संसदको गरिमा र नेपाली जनतालाई समेत ठेस पुर्याएको छ।’

    त्यसैगरी,उनले कोसी प्रदेशमा सभामुख तटस्थ बस्न नसक्दा लोकतन्त्र र संविधान विपरीत भएको उल्लेख गरे। कोइरालाले भने,‘कोसी प्रदेशमा सभामुखले तटस्थ रहेर जिम्मेवारीवहन गर्न सक्नुभएन। लोकतान्त्रिक परिपाटी र संसंदीय अभ्यासबाट संविधानलाई टेकेर अघि बढ्नुपर्नेमा सदस्यका रुपमा उपस्थिती जनाउनुले भोलीका दिनमा अप्ठयारो परिस्थिती सृजना हुने देखिएको छ।’

    ‘संसदीय ब्यवस्थामा अंकगणितको खेल समेत हुन्छ। गणितको खेलमा यसप्रकारको उतारचढाव हुनेगर्छ। उतारचढाव चिरेर अघि बढ्नुपर्छ। संसदीय परम्परा र संविधानमा भएका कुरालाई अघि बढाउँदै जानुपर्छ भन्ने मान्यता राख्दछु।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार