Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोशी प्रदेशमा मन्त्रिमण्डल विस्तार, को को बने मन्त्री ?


    शुक्रबार, असार २२ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज शपथ लिएका छन्। उनले प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ लिएसँगै सत्ता गठबन्धन दलका २ जनालाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

    नवनियुक्त मुख्यमन्त्री थापाले सत्तारुढ दल कांग्रेस, एकीकृत समाजवादीलाई समेटेर सुरुमा सानो मन्त्रिमण्डल बनाएका हुन् ।

    आज विस्तार भएको मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट प्रदीप सुनुवार र एसबाट कमल जवेगु मन्त्री भएका छन् । दुवैजना बिना विभागीय मन्त्री बनेका हुन् ।

    माओवादीले केन्द्रले भने मन्त्रीमा कसलाई पठाउने भन्ने नाम टुङ्गो लगाउन सकेन । बिहीबार मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री थापाले शुक्रबार प्रदेश प्रमुखबाट शपथ लिएसँगै मन्त्रिमण्डल विस्तार गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार