Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘नक्कली प्रेस कार्ड’ छाप्ने ३ जना धरौटीमा रिहा


    बुधबार, भाद्र ३१ २०७७
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नक्कली प्रेस कार्ड छापेको आरोपमा पक्राउ परेका ३ जना धरौटीमा छुटेका छन् । सो समूहका १ जनाचाहिँ कोरोना भाईरस पुष्टि भएपछि आइसोलेशनमा छन् । भदौ २२ मा तेह्रथुमका लक्ष्मण न्यौपाने, बर्दियाका श्रीराम खड्का, नवलपरासी घर भएका रमेश रेग्मी र राजेन्द्रराज भण्डारीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो । 

    उनीहरुमध्ये ३ जना मंगलबार जनही १० हजार धरौटी बुझाएर रिहा भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) सोमेन्द्रसिंह राठौरले बताए । कोरानो संक्रमण पुष्टि भएका एकजनालाई साधारण तारेखमा रिहा गरिएको थियो । उनी अहिले आइसोलेशनमा छन् । 

    पक्राउ परेका मध्ये एकजनाको कोरोना पोजेटिभ देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा परिक्षण गर्दा उनिहरुलाई पक्राउ गर्ने मध्येका दुईजना प्रहरीलाई कोरोना भाइरस देखिएको छ । संक्रमित असई र हवल्दारलाई प्रहरी अस्पतालको आईसोलेशनमा राखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार