Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सात दलको निर्णय: कोशी प्रदेशमा उद्धव थापालाई नै मुख्यमन्त्रीमा प्रस्ताव गर्ने


    बिहिबार, असार २१ २०८०
    850
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापालाई नै बनाउने सात दलीय सत्ता गठबन्धनको बैठकले निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सात दलको बैठकले थापालाई नै मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।

    एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले आज साँझ पाँच बजे थापालाई मुख्यमन्त्रीमा प्रस्ताव गर्न पुनः निर्णय गरेको बताए । ‘कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई बनाउने निर्णय गरेका छौँ ।

    त्यसमा केही कन्फ्युजन थियो,’ उनले भने, ‘आज माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बो र एकीकृत समाजवादीका संसदीय दलको नेता राजेन्द्र राईलाई बोलाएर आज पाँच बसेसम्म उद्धव थापालाई मुख्यमन्त्री बनाउने गरी प्रस्ताव पेस गर्ने भनेर हामीले पुन: निर्णय गरेर पठाएका छौँ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार