Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • कुलमानको पक्षमा प्रदर्शन, प्रहरीको हस्तक्षेपपछि तितरबितर भयो भिड


    बुधबार, भाद्र ३१ २०७७
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा आज माइतीघर र जोरपाटीमा प्रदर्शन भएको छ । 

    कुलमानको चार वर्षे कार्यकाल आइतबार पूरा भएको थियो । तर चौतर्फी रुपमा दबाब दिएपनि सरकारले भने उनलाई पुनर्नियुक्त गरेको छैन । आजको प्रदर्शनमा कुलनमाको पुनर्नियुक्तिको माग राखिएको छ ।

    जोरपाटीमा बिहान प्रदर्शन गरिएको थियो भने माइतीघरमा दिउँसो प्रदर्शन भएको हो । दुबै क्षेत्रका प्रदर्शनकारीलाई प्रहरीले केही बेरमै तितरबितर पारेको थियो। प्रहरी स्रोतका अनुसार कोरोना संक्रमणको जोखिम भएकाले समेत भिडलाई हटाइएको हो । अहिले सरकारले यस्ता प्रदर्शनहरु गर्न रोक लगाएको छ । प्रदर्शनमा सरकार विरोधी नारा पनि लागेको थियो । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार