Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • प्याजको भाउ आकाशिएपछि मन्त्री भट्ट बल्खु बजारमा


    बुधबार, भाद्र ३१ २०७७
    770
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बल्खु र कालीमाटी तरकारी बजारको अनुगमन गरेका छन् ।

    भारतले प्याज निर्यातमा रोक लगाएको मौका छोपेर व्यापारीहरुले चर्को मूल्यमा प्याज बिक्रि भइरहेको जानकारी पाएपछि मन्त्री भट्टले छड्के निरीक्षण गरेका हुन् ।

    मन्त्री भट्टले बल्खु र कालीमाटीमा सेवाग्राही बनेर प्याज किनेका थिए । व्यापारीहरुले एक केजी प्याजको एक सय १० रुपैयाँसम्म लिएका छन् । केही दिनअगाडिसम्म ७५ रुपैयाँ किलो बिक्री भइरहेको प्याजको मूल्य आकाशिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार