Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसिड पीडितलाई सरकारले दियाे ठुलाे राहत


    मंगलबार, भाद्र ३० २०७७
    825
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले एसिड आक्रमणमा परी घाइते भएकाहरू सबैकाे उपचार गर्ने भएको छ ।

    सरकारले उपचार गराउने र जीवनभर उनीहरूले लिने सबै औषधिसमेत सरकारले नै व्यवहोर्ने व्यवस्था गरिएको सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका हुन् ।

    यस्तै एसिड आक्रमणमा परी घाइते भएकाहरूका लागि निःशुल्क शिक्षा उपलब्ध गराउने समेत निर्णय भएको उनले जानकारी दिए।

    सरकारले एसिड पीडितहरूको क्षमता विकास तथा सिप विकासका लागि तालिमका अवसर मिलाउने र योग्यता अनुसारका रोजगारी उपलब्ध गराउने समेत निर्णय भएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

    यस्तै पेसा व्यवसाय तथा स्वरोजगार हुन चाहनेका लागि सहुलियत पूर्ण ऋण उपलब्ध गराउनेसमेत निर्णय भएको छ। एसिड आक्रमणमा परी घाइते भएकाहरूलाई अस्पतालसम्म पुर्‍याउने बेलासम्म सफा पानी खन्याउँदै लैजानुपर्छ भन्ने जनचेतनाका कार्यक्रम समेत संचालन गरिने सरकारले निर्णय गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार