काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारको मूल्य सूची सार्वजनिक गरेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज ठुलो गोलभेडा (नेपाली), स्थानीय काउली, डल्लो भन्टा, चिचिण्डो, स्कुस, ब्रोकाउली र जिरीको साग प्रतिकेजी ५५ रुपैयाँ, लोकल सानो गोलभेडा १२ रुपैयाँ ३३ पैसामा किनबेच भइरहेकाे छ ।
उता, टनेल सानो गोलभेडा २८ रुपैयाँ ७५ पैसा, रातो आलु, हरियो खुर्सानी, तोरीको साग, लाम्चो हरियो फर्सी, राचो मूला र लाम्चो भन्टा प्रतिकेजी ४५ रुपैयाँ, मुडेको रातो आलु ३९ रुपैयाँ, सेतो आलु, रुख कटहर र पाकेको फर्सी ३५ रुपैयाँ, भारतीय सुकेको प्याज ४९ रुपैयाँ, लोकल गाजर १०५ रुपैयाँ ताेकिएकाे छ ।
लोकल बन्दा १० रुपैयाँ, स्थानीय काउली (ज्यापु), लौका, झिगूनी, सलगम, चुकुन्दर र रातो बन्दा ६५ रुपैयाँ, लोकल सेतो मूल १७ रुपैयाँ ६७ पैसा, तने बोडी १२५ रुपैयाँ, मकै बोडी, टाटे सिमी, भटमासकोशा, घिरौला, भेडे खुर्सानी, लोकल खुर्सानी, मालदह आँप र लोकल काक्रो ७५ रुपैयाँ तोकिएको छ।
त्यस्तै, लोकल घिउ सिमी प्रतिकेजी ११५ रुपैयाँ, राजमा घिउ सिमी, तितो करेला र लसुन हरियो प्रतिकेजी ९५ रुपैयाँ, परवर, रायोको साग, न्युरो, लोकल नासपाती, हरियो तरबुजा र दसहरी आँप ८५ रुपैयाँ, कन्य च्याउ १६३ रुपैयाँ ३३ पैसा, डल्ले च्याउ २६३ रुपैयाँ ३३ पैसा रहेको छ।
यसैगरी, कुरीलो २२५ रुपैयाँ, सेलरी र पुदीना १३५ रुपैयाँ, पार्सले ३१० रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, फूजी स्याउ ३२५ रुपैयाँ, कागती १६३ रुपैयाँ ३३ पैसा, अनार ३९० रुपैयाँ, हरियो अंगुर ३९० रुपैयाँ, कालो अंगुर ५६५ रुपैयाँ, मौसम २३५ रुपैयाँ, लोकल लिच्ची ११० रुपैयाँ, किवि ८७५ रुपैयाँ, आभोकाडो ६५० रुपैयाँ र अकबरे खुर्सानी १७६ रुपैयाँ ६७ पैसामा काराेबार भएकाे छ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend