Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसदीय मामिला पत्रकारको अध्यक्षमा सत्याल निर्वाचित


    शनिबार, असार १६ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संसदीय पत्रकार समाजको अध्यक्षमा मनोज सत्याल निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा दुई प्रतिस्पर्धी उम्मेदवार तुलसी सापकोटा र बिष्णु खड्कालाई पछि पार्दै सत्याल निर्वाचित भएका हुन् ।

    सत्यालले ६३ मत पाउदा प्रतिस्धर्पी सापकोटाले २७ मत र बिष्णुले ४४ मत पाएका छन् । यसैगरी उपाध्यक्षमा किरण दाहाल र सिर्जना घिमिरे निर्विरोध निर्वाचित भएकी छन् । महासचिवमा जयसिंह महरा र समावेशी सचिवमा सबिता शर्मा निर्विरोध निर्वाचित भएका हुन् ।

    त्यस्तै खुला सचिवमा गुन्जन राज गिरी, कोषाध्यक्षमा अमुल थापा विजयी भएका छन् । सदस्यहरुमा रघुनाथ बजगाई,कमल राज भट्ट,रोमन आचार्य,बिनोद कटुवाल र शिला तिमल्सिना निर्विरोध भएका छन् । यस्तै अन्जना लामिछाने र मिरा बस्नेत समावेशी सदस्य निर्वाचित भएको निर्वाचन समितिले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार