Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हिरासतबाट फरार २ जना प्रतिवादी पक्राउ


    शनिबार, असार १६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बर्दिया । ज्यान मार्ने उद्योगमा गत असार ८ गतेदेखि अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय ढोढरी बर्दियाको हिरासतमा रही बिहीबार फरार भएका दुइजनालाई प्रहरीले पक्राउ गरेको छ ।

    कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुधीर राज शाहीको कमान्डमा खटिएको प्रहरी टोलीले फरार भएका अजय नेपाली र राजा नेपालीलाई पक्राउ गरेको हो ।

    बेलझुण्डि सामुदायिक वन र डाँफे सामुदायिक वनबाट पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय ढोढरीमा राखिएको प्रहरीले बताएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार