Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाबाट ज्यान गुमाउने ३३ हजार नाघे


    सोमबार, चैत्र १७ २०७६
    1.2K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौ । विश्वका १ सय ९९ देशमा फैलिसकेको कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट  ३३ हजार ९२६ जनाको ज्यान गएको छ ।

     विश्वमा संक्रमित ५ लाख ३५ हजार ७९६ जनाको उपचार भइरहेको छ । विश्वका विभिन्न देशमा अहिलेसम्म डेढ लाखभन्दा बढी कोरोना भाइरस संक्रमित उपचारपछि निको भएका छन् ।

    १ सय ९९ देश र दुई वटा अन्तर्राष्ट्रिय पानीजहाजमा फैलिएको कोरोनाका कारण सात लाख २० हजार ६६१ मानिस संक्रमित भएकोमा एक लाख ५० हजार ९ सय ३९ जना उपचारपछि निको भएका छन् ।

    सबैभन्दा धेरै इटलीमा १० हजार ७७९ जनाको ज्यान गएको छ । स्पेनमा पनि ज्यान गुमाउनेको संख्या तीव्र गतिमा बढिरहेको छ । स्पेनमा गएको २४ घण्टामा सबैभन्दा धेरै ८२१ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या ६ हजार ८०३ पुगेको छ । 

    यसैगरी अमेरिकामा भाइरसबाट संक्रमित हुनेको संख्या ह्वात्तै बढ्दै गएको छ । अमेरिकामा आइतबार एकै दिन साढे १७ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा एक लाख ४१ हजार १६९ जनामा कोरोना भएको पुष्टि भएको छ ।  पछिल्ला तीन दिनमा अमेरिकामा दैनिक पांचसयको हाराहारीमा मानिसहरु मरिरहेका छन् । यो क्रम विकराल वन्दै जाने देखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार