Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अर्थमन्त्री महतको गुनासो: हामीले गरेको काम जनतामाझ लैजान नसक्नु कमजोरी हो


    शुक्रबार, असार १५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। अर्थमन्त्री प्रकाशशरण महतले पार्टीले गरेको काम जनतामाझ लैजान नसक्नु कमजोरी भएको गुनासो गरेका छन्।

    सानेपामा आज भएको लोकतन्त्रवादी आदिवासी जनजाति संघको प्रशिक्षणमा बोल्दै नेपाली कांग्रेसका नेतासमेत रहेका महतले पार्टीले गरिरहेको काम जनतामाझ लैजान नसक्नु कमजोरी भएको बताए।

    ‘हाम्रो नीति, सिद्धान्त, कार्यक्रम, हामीले गरेको काम सशक्त ढंगले आम जनतामाँझ लैजान नसक्नु कांग्रेसको कमजोरी हो,’ उनले भने, ‘हामी व्यक्ति आलोचनमा बढी समय खर्च गछौं। गहिराइमा पुगेर अध्ययन नगरेका विषय सामाजिक सञ्जालमा राख्दा त्यसले हानी गर्छ।’

    पार्टीको निर्णय ग्रहण गर्न नसक्नु कांग्रेस नेतृत्वको अर्को कमजोरी भएको उनले बताए। ‘यसले जनता अलमलमा परेका छन्, यो अन्योलता चिर्नुपर्छ,’ उनले भने।

    महतले स्वतन्त्रता, लोकतन्त्र र विधिको शासनबिना आम नागरिकको विकास र अधिकार सुनिश्चित हुन नसक्ने पनि बताए।

    ‘लोकतान्त्रिक मूल्य र मान्यतालाई संस्थागत गर्ने काम कांग्रेसले गरेको हो। यस विषयमा कांग्रेस चट्टानझै नउभिएको भए अहिलेको लोकतान्त्रिक गणतान्त्रिक संविधान सम्भव थिएन। यो सन्देश सशक्त ढंगबाट आम जनमानसमा लैजान जरुरी छ,’ उनले भने।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार