काठमाडौं । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले लकडाउनको अवधि ७ दिन थप्ने निर्णय गरेको छ । अब चैत २५ गतेसम्म लकडाउनको अवधि थप भएको छ । यसअघि चैत ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरिएको थियो ।
आइतबार दिउँसो उपप्रधानमन्त्री इश्वर पोखरेलको अध्यक्षतामा बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि १५ दिन थप्न सरकारलाई सिफारिस गरेको थियो । तर मन्त्रिपरिषद बैठकले जनतामा थप मानसिक तनाव नहोस् र दैनिक उपभोग्य बस्तुको अभाव नहोस् भनेर ७ दिनमात्र थप गरेको छ ।
दैनिक उपभोग्य बस्तुको कालोबजारी हुनसक्ने कुरालाई पनि सरकारले मध्यनजर राखी ७ दिनमात्र थप गरेको बताइएको छ । कोरानाको महामारीको विश्व परिस्थिति मूल्याकंन गर्न र भारतको अवस्था समेत हेरी सरकारले ७ दिनमात्र थप गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद बैठकमा १५ दिन थप गर्ने छलफल पनि भएको थियो । तर पुनः परिस्थिति हेरी निर्णय गर्नेगरी ७ दिनमात्र थप गरेको छ ।
काठमाडौँ। नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष नवनिर्वाचित केन्द्रीय कार्यसमितिको विवरण बुझाएको छ। कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आयोगमा अध्यावधिक गरिएको हो। निर्वाचन आयोगका...
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाअभियोगको विषयमा सत्तापक्षको धारणा र तयारी हेरेपछि मात्रै विपक्षी दलहरूले आफ्नो धारणा बनाउने बताएका छन्...
काठमाडौं। विपक्षी दलहरूको बैठकले तत्काल सङ्घीय संसद्को बैठक बोलाउन सरकारलाई आह्वान गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारस्थित नेपाली काङ्ग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा बिचौलियासँग...
काठमाडौँ। नेपाली कांग्रेसको आह्वानमा प्रतिपक्ष दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलको बैठक सुरु भएको हो। बैठकमा कांग्रेस संसदीय दलका...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लोकतन्त्रमा निर्वाचनबाट प्राप्त जनादेश शासन सञ्चालनको अधिकार भएपनि संविधान र कानुनभन्दा माथि उठ्ने अनुमति नभएको बताएको छ। आज...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend