Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • क्रिकेटर ललितको उपचारका लागि आर्थिक सहयोग गर्न सीप्यानको अपिल


    मंगलबार, भाद्र ३० २०७७
    940
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौू । सवारी दुर्घटनामा घाइते भएका राष्ट्रिय क्रिकेट खेलाडी ललितसिंह भण्डारीको उपचारका लागि सहयोग गर्न क्रिकेट खेलाडी संघ (सीप्यान) ले आग्रह गरेको छ। मंगलबार प्रेस वक्तव्य जारी गर्दै सीप्यानले ललितको उपचारका लागि सबैसँग सहयोग गर्न आग्रह गरेको हो।

    खेलाडीको हकहितका लागि बिगतदेखि नै काम गर्दै आएको सीप्यानले भण्डारीको सहयोगका लागि पहलकदमी लिने जानकारी गराउँछौँ’, अध्यक्ष डा. मनिषराज पाण्डे र महासचिव पारस खड्का हस्ताक्षरित वक्तव्यमा भनिएको छ, ‘सीप्यानसँग हातेमालो गर्दै सहयोग गर्न सम्पूर्णमा अपिल गर्दछौँ।’

    सहयोगका लागि सीप्यानले सेञ्चुरी बैंक पुतलीसडक, काठमाडौँ शाखामा रहेको खाता उपलब्ध गराएको छ। सीप्यानका अनुसार सहयोग रकम ००१०००२५२९ CA मा जम्मा गर्न सकिनेछ।

    गत आइतबार राति कञ्चनपुरमा क्रिकेटर ललित चढेको मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो। ठक्करबाट उनी सख्त घाइते भएका थिए। उनलाई धनगढीको निसर्ग अस्पतालमा सामान्य उपचारपछि नेपालगञ्ज मेडिकल कलेजमा रिफर गरिएको थियो। उनलाई अहिले थप उपचारको लागि काठमाडौंंस्थित ग्राण्डी अस्पताल ल्याइएको छ । 

    चोटकै कारण पछिल्लो समय राष्ट्रिय टोलीभन्दा बाहिर रहँदै आएका ललित विभागीय टिम पुलिसमा आबद्ध भई घरेलु फ्रेन्चाइज लिगहरू भने खेलिरहेका थिए।

    CPAN_20200915060438.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार