Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विशेष अदालतमा मुद्दा दर्ता गर्दा फोटो र नागरिकता अनिवार्य


    मंगलबार, भाद्र ३० २०७७
    690
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । विशेष अदालतमा मुद्दा दर्ता गर्दा प्रतिवादीको फोटो र नागरिकताको विवरण अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने भएकाे छ।

    विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई परिपत्र गर्दै अनिवार्य रुपमा यी विवरण उल्लेख गर्नुपर्ने जनाएको हाे। 

    ‘अभियोगपत्र पेश गर्दा प्रतिवादीहरुको फोटो र नागरिकता जारी भएको जिल्ला, नागरिकता नम्बरजस्ता विषय अनिवार्य खुलाउनु पर्ने कानुनी व्यवस्था भएकाले सोहीबमोजिम गर्नुहुन अनुरोध गरिन्छ’ विशेष अदालतले जारी गरेको परिपत्रमा उल्लेख छ।

    त्यस्तै सर्वोच्च अदालतले पनि मुद्दा दर्ता गराउँदा ती विवरण अनिवार्य उल्लेख गराउन गत माघ २७ गते सबै अदालतलाई भनेको थियो । 

    मुद्दा दर्ता गर्दा प्रतिवादीहरुको नागरिकताको विवरण पेश नगरेकाले अदालतबाट फैसला भएका व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउन समस्या भएको परिपत्रमा उल्लेख छ । कारबाहीमा परेकाहरुलाई कैद तथा जरिवाना असुलउपर गर्न बाँकी रहेका व्यक्तिहरुको सार्वजनिक सेवा सुविधा रोक लगाउने लगायतमा समस्या परेका कारण पनि यस्तो व्यवस्था गरिएको बताइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार