Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • मुख्यमन्त्री कार्कीले भने : मलाई विश्वासको मत दिनुस्, नभए मध्यावधिमा जान्छ


    बिहिबार, असार १४ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासकाे मत मागेका छन्। उनले सदनसमक्ष आफूलाई सबै प्रदेशसभाले विश्वासको मत दिनुपर्ने बताएका हुन् ।

    आज प्रदेशसभामा विश्वासको मत माग्दै उनले आफूलाई विश्वासको मत नदिए अर्को सरकार पनि बन्न नसक्ने दाबी गरे ।

    ‘यो बाटोमा नजाने हो भने मध्यावधि निर्वाचनको सामना गर्नुपर्छ, के मध्यावधि निर्वाचनमा जान हामी तयार छौं, यो प्रदेशसभा तयार छ, नेपालको संघीयता तयार छ ?’ उनले प्रश्न गरे ।

    आफू मुख्यमन्त्री भएको ६ महिनामा कहिँ पनि नचुकेको भन्दै उनले आफूलाई विश्वासको मत मत नदिए नदिनेहरुप्रति नै अविश्वास पैदा हुने ताए ।

    ‘तपाईहरुले यो सरकारलाई विश्वासको मत दिनै पर्छ, कि एजेण्डा गलत छ, काम गर्न सकेको छैन भन्नुप¥यो’ उनले भने, ‘सबैथोक ठीक छ, विश्वासको मत दिन सक्दिन भन्ने हो भने तपाईहरुप्रति अविश्वास बढ्छ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार