Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ६ वर्षपछि पक्राउ परे बलात्कार मुद्दाका फरार दुई अभियुक्त


    मंगलबार, भाद्र ३० २०७७
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कञ्चनपुर । सामूहिक जबर्जस्ती करणी मुद्दाका फरार कञ्चनपुरका दुई जनालाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको प्रहरी टोलीले पुनर्वास नगरपालिका–११ का ३० वर्षीय चन्नु राना र सोही ठाउँका २६ वर्षीय अनिल रानालाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब निरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए। 

    स्थानीय युवतीलाई जबर्जस्ती करणीको वारदातपछि दुवै जना विसं २०७१ फागुनदेखि फरार थिए। कञ्चनपुर जिल्ला अदालतले दुवै जनालाई २०७२ असार २८ गते जनही ११÷११ वर्षको कैद सजाय तोकेको थियो। घरमै रहेका बेला दुवै जना पक्राउ परेका हुन्। पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि प्रहरीले अदालतमा पेश गरेको छ। रासस

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार