Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जसपाले कोसीका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने, विपक्षमा पनि भाेट नहाल्ने


    बिहिबार, असार १४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर। अल्पमतमा परेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की विश्वासको मत लिने तयारीमा जुटेका छन् । आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्कीले तयारी गरेका हुन् ।

    सो विषयमा जसपाले भने कोशी प्रदेशमा तटस्थ बस्ने निर्णय गरेको छ ।

    जसपा दलको बैठकले विश्वासको मत नदिने र विपक्षमा पनि मतदान नगरी तटस्थ बस्ने निर्णय गरेको हो।

    जसपा कोशी प्रदेश अध्यक्ष दीपक याख्खाले तटस्थ बस्ने निर्णय भएको बताए । ‘हामी पहिचानको आन्दोलनमा छौ, मतदान प्रक्रियामा सहभागी हुन्नौं, उनले भने,´पार्टी प्रदेश कमिटी र संसदीय दलको निर्णय यही हो।`

    पुस २५ गते कार्कीको नेतृत्वमा सरकार गठन हुँदा एक सांसद रहेको जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री बनेकी थिइन्। जेठ १७ गते जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

    माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि कार्की अल्पमतमा परेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार