Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना संक्रमणमबाट वीरगञ्जमा ५५ वर्षीया महिलाको मृत्यु


    मंगलबार, भाद्र ३० २०७७
    770
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बारा । कोरोना भाइरसको  संक्रमणबाट  वीरगञ्जमा एक महिलाको  मृत्यु भएको छ  । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ डुम्मरवाना बस्ने ५५ वर्षीया महिलाको नारायणी अस्पतालमा मृत्यु भएको हो ।

    उनको उपचारकै क्रममा सोमबार साँझ ७ः१५ बजे उनको मृत्यु भएको अस्पतालका प्रवक्ता एवम् बरिष्ठ चर्मरोग विशेषज्ञ डा. अतुलेशकुमार चौरसियाले जानकारी दिएका छन् । उनलाई सोमबार बिहान ११ः१५ बजे नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

    मधुमेह र हाइपरटेन्सनको समस्याले ग्रसित उनमा कडा कोभिड निमोनिया देखिएको थियो । तत्कालै आइसियू कक्षमा राखेर उपचार शुरु गरिएको थियो । जिन एक्सपर्ट विधिबाट कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।

    योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६२ पुगेको छ । साउनयता मात्रै ५८ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । वीरगञ्जमा मृत्यु भएका ६२ जनामध्ये ४१ जना पर्साका छन्, दुई जनाको ठेगाना खुलेको छैन भने बाराका १४, रौतहटका ४ जना र सर्लाहीका १ जना छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार