ललितपुर । महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । मेयर श्रेष्ठले आफूमा कोरोना पोजेटिभ देखिएको फेसबुक मार्फत जानकारी गराउनु भएको छ । उहाँले कोरोना भाइरसलाई आफ्नो नगरमा फैलिन नदिन र नगरवासीलाई सुरक्षित राख्न खटिरहँदा आफै संक्रमित भएको बताउनु भएको छ ।
कोरोनालाई चाँडै परास्त गरेर पुन ः नगरवासीको सेवामा फर्कने भन्दै आफूसँग सम्पर्कमा आएकाहरूलाई परीक्षण गराउन आग्रह गर्नुभएको छ । पछिल्लो समय कोरोना रोकथाम तथा नियन्त्रणमा खट्ने उच्चपदस्थ कर्मचारी कोरोना संक्रमण देखिएको छ । १५ दिनअधि मात्र काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यलाई पनि कोरोना संक्रमण देखिएको थियो ।