Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रतिनिधिसभाको बहुमतबाट बजेट पारित


    बुधबार, असार १३ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभामा बजेट पारित भएको छ । आज आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयक पारित गर्न मतदान गरिएको हो ।

    २५५ उपपस्थित प्रतिनिधिसभामा बजेटको पक्षमा १४७ मत ल्याएर पारित भएको हो। बजेटको विपक्षमा १०८ मत आयो । प्रमुख प्रतिपक्षी दल एमालेले मत विभाजन मागेपछि बजेट पारितका लागि मतदान भएको थियो । ध्वनी मतका आधारमा बजेट पारित हुँदै आएकोमा यसपटक पहिलोपटक मतदान गरिएको हो ।

    एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले बजेटको विपक्षमा मत हालेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार