Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कर्णालीमा एमालेले गर्यो संसद् बैठक अवरुद्ध


    बुधबार, असार १३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सुर्खेत । कर्णाली प्रदेशमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध गरेको छ । आज प्रदेशसभाको १६ औँ बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल गर्ने कार्यतालिका रहेको थियो ।

    तर, सदन सुरु भएलगत्तै एमाले प्रमुख सचेतक टेकराज पछाईले ‘बजेट पैत्रिक सम्पत्ति’ बाँडे जसरी बाँडिएको र यसबाट प्रदेशको विकास र परिवर्तन सम्भवन नहुने बताए ।

    साथै उनले बजेटमा पुर्ण रुपमा बिचौलिया प्रवेश गरेको पनि बताए । साथै उनले बजेट निर्माणमा योजना आयोगबाट नै बार्गेनिङ भएको र आयोगले बजेट निर्माणमा दबाब दिने कर्मचारीलाई कारबाही गरेपनि नाम गोप्य राखेको भन्दै आपत्ति जनाए । स्वंयम अर्थमन्त्रीले नै बजेट निर्माणमा दबाब आएको कुरा सार्वजनिक गरेपछि एमालेले सोही विषयलाई हतियार बनाएको हो ।

    लगत्तै एमालेले कार्यसूचीमै प्रवेश गर्न नदिएर सदन अवरोध गरेको गर्यो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार