Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रेडक्रसको लेटर प्याड र छाप चोरी


    बुधबार, असार १३ २०८०
    3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको छाप र लेटरप्याड चोरी गरी रेडक्रसका बारेमा भ्रम छर्ने कार्य हुन थालेको छ ।

    नेपाल सरकारले २०७७ साउन १२ गते ३ महिना र पछि एक वर्षका लागि नियुक्त गरिएका नेत्र तिमिल्सिनाले आफ्नो कार्यकाल समाप्त भएपछि पनि आफूलाई अध्यक्ष बताउँदै आएका छन् । सोसाइटीको चोरी गरिएको लेटरप्याड र छापको प्रयोग गरी रेडक्रसका बारेमा अनावश्यक भ्रम छर्ने कार्य गर्दै आएका छन् ।

    लामो समयदेखि निर्वाचन नभएर अत्यन्तै विषम परिस्थितिमा पुगेको अवस्थामा गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौले निर्वाचन गराउनका लागि पत्र लेखेपछि नेत्र तिमिल्सिना र रेडक्रसलाई नेपालबाट धपाउनका लागि पर्दै आएको भडुवा समूहले अनेक बखेडा सुरु गर्न थालेको छ ।

    रेडक्रसका ७ प्रदेश र ६५ जिल्ला शाखाले निर्वाचनका लागि सम्बन्धित निकायहरुमा अपिल गरेपछि सरकार निर्वाचन गराउन तयार भएको हो ।

    वास्तविक रेडक्रसकर्मीले निर्वाचन माग गरेको सन्दर्भमा भँडुवा समूहले बिथोल्न खोजेमा उनीहरुलाइ रेडक्रसको साधारण सदस्यबाट नै निलम्बन गर्नुपर्ने आम रेडक्रसकर्मीको धारणा रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार