Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सहकारीलाई ३० दिनभित्र विवरण पेस गर्न मेयर बालेनले दिए निर्देशन


    बुधबार, असार १३ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले काठमाडौं महानगर भित्रका सहकारी संस्थालाई ३० दिनभित्र संस्थाको विवरण पेस गर्न निर्देशन दिएका छन् ।

    बालेनले आज सामाजिक सञ्जालमा महानगरपालिकाको सहकारी विभागले जारी गरेको सूचना राख्दै सहकारीहरुको साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण माग गर्दै ३० दिनभित्र पेश गर्न निर्देशन दिएका हुन् ।

    पछिल्लो समय सहकारीमा आर्थिक संकट सिर्जना भएको तथा चरम अनियमिताको खबर सार्वजनिक भइरहेका बेला महानगरले सो सूचना जारी गरेको हो ।

    सूचना जारी भएको मितिले ३० दिनभित्र विवरण पेश नगरे महानगरको सहकारी ऐनअनुसार कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।

    उनले भनेका छन्, ‘ महानगरपालिकाको सहकारी विभागमा शेयर सदस्य र सञ्चालकहरूले दिने गरेका लिखित र मौखिक उजुरीको चापबाट अवस्था देखिन्छ । यस्तो संवेदनशील समयमा सहकारी संघ संस्थाहरूले आफ्नो काम कारवाहीलाई जिम्मेवार, इमानदार, अनुशासित, पारदर्शी एवं विधिसम्मत तरिकाले सदस्य केन्द्रित भई सञ्चालन एवं व्यवस्थापन गर्दै सहकारी सुशासन कायम गर्न अनुरोध गर्दछु ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार