काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विरोधपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
रास्वपाका सांसदहरूले बजेटमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालयको एकाइका रूपमा राख्ने निर्णय अर्थमन्त्रीलाई फिर्ता लिन रुलिङको माग गरेका थिए ।
आजको बैठकमा रास्वपाका सांसद रवि लामिछानेले सरकारको उक्त निर्णय फिर्ता लिन सभामुखमार्फत रुलिङ गर्न माग गरे तर लामिछानेले रुलिङको माग गरेपछि रास्वपाका सांसदहरू आसनबाट उठेका थिए ।
सभामुख देवराज घिमिरेले सदनको ध्यानाकर्षण भएको भन्दै अर्थमन्त्रीले जवाफ दिने समेत कार्यसूची रहेको जनाकारी गराए । त्यसपछि सभामुख घिमिरेले कांग्रेस नेता रमेश लेखकलाई बोल्न समय दिएका थिए ।
त्यसक्रममा नेता लेखकले आफू र अर्थमन्त्रीबीच भएको संवादमा जिल्ला निर्वाचन कार्यालय खारेज नगर्ने भनेर आश्वस्त तुल्याएको भन्दै सरकारले गरेको प्रतिबद्धता कार्यान्वयन हुने बताए । त्यसपछि सभामुख घिमिरेले एमालेका प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिए ।
उनले वर्तमान सरकार निष्पक्ष निर्वाचनको विपक्षमा रहेकाले नियोजित ढंगले जिल्ला निर्वाचन कार्यालय खारेज गरेको भन्दै यसले आगामी निर्वाचनलाई प्रभावित गर्न खोजेको बताए ।
सरकारी पक्ष आफ्नो जनमत गुमेपछि निर्वाचन प्रभावित पार्न सरकार यो निर्णयमा पुगेको बताए ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend