Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • काठमाडौंका उपत्यकामा सोमबार थपिए ५१२ जना कोरोना संक्रमित


    सोमबार, भाद्र २९ २०७७
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ सय १२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ५ सय १२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    मन्त्रालयका अनुसार काठमाडौंका ४ सय ४० जना, भक्तपुरका ४३ जना र ललितपुरका २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    आइतबार उपत्यकामा ५ सय ९७ जनामा कोरोना पुष्टि भएको थियो। काठमाडौंका ४ सय ८३ ,भक्तपुरका ८१ र ललितपुरका ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार