Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पशुपति विकास कोषका पुर्व सदस्य सचिवविरुद्ध मुद्दा दर्ता, १ करोड ४४ लाख गैरकानुनी सम्पत्ति देखियो


    सोमबार, असार ११ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा. प्रदिप ढकालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीविरुद्ध विशेष अदालत, काठमाडौँमा गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै मुद्दा दायर गरिएको हो।

    आयोगले एक करोड ४४ लाख ११ हजार रुपैयाँ बिगो कायम गर्दै ढकालविरुद्ध मुद्दा दायर गरेको हो।

    ढकालले पदमा बहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीपछि आयोगले अनुसन्धान गरेको थियो। ढकालले सार्वजनिक सेवा प्रवेश गरेको २०७४ साउन ३२ गतेदेखि सम्पत्ति विवरण पेस गरेको २०७९ जेठ ३० गतेसम्मको अवधिलाई अनुसन्धानको जाँच अवधि कायम गरेको आयोगले जानकारी दिएको छ।

    उनी २०७४ साउन ३२ देखि २०७९ साल जेठ ३० गतेसम्म कोषको सदस्य सचिव थिए ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार