Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डा. गोविन्द केसीले जुम्लामा सुरु गरे १९ ‍औँ अनशन


    सोमबार, भाद्र २९ २०७७
    490
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले १९ औँ अनशन जुम्लामा सुरु गरेका छन्।

    सोमबार विज्ञप्ति जारी गर्दै डा. केसीले जुम्लाको सिंहाचौरमा रहेको वाविरा मस्त मन्दिरमा १९ औँ अनशन सुरु गरेका हुन्।

    नेपालीको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र वर्तमान सरकारको लुटतन्त्र तानाशाहीतन्त्रविरुद्ध जुम्लामा १९ औं सत्याग्रह सुरु गरेको डा. केसीले बताएका छन्।

    यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी, डडेलधुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल निर्माण कार्यलाई तत्काल अघि बढाउन उनले माग गरेका छन्।

    यो भन्दा अगाडिको सत्याग्रहका बेला गरिएका सम्झौताहरु अहिलेसम्म पनि सरकारले कार्यान्वयन नगरेकाले आफू अनसन बस्न बाध्य भएको डा. केसीले बताएका छन्।

    डा. केसीले १६ औँ सत्याग्रह पनि जुम्लामा गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार