काठमाडौँ । पशुपतिनाथ मन्दिरको मुख्य शिवलिङ्गमा राखिएको सुनको जलहरी नाप जाँचमा खटिएको टोली अनियमितता नभेटिएको प्रारम्भिक निष्कर्षमा पुगेका छन् ।
हिजो आइतबार टोलीले तौल गर्दा जलहरीको १०६.४३२५ केजी मापन गरिएको थियो भने जलहरी कस्न बनाइएको किलाकाँटीको मापन गर्दा १.०३७५ किलो भेटिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक उच्च अधिकृतका अनुसार हाल मापन गरिएको जलहरी र किलाकाँटीमा कति सुन, तामा र पित्तल प्रयोग भयो भनेर छुट्याउन अझै दुई दिन लाग्ने छ ।
जलहरी नाप जाँचमा खटिएका एक सदस्यले भने, ‘सबैको रोहबरमा नाप जाँच गरियो, सुन, तामा र पित्त छुट्याउन बाँकी छ । तर, अनियमितता नै गरेको भनेर भन्न नसकिने निष्कर्षमा हामी पुगेका छौँ ।’ तत्कालीन प्रधानमन्त्री केपी शर्माओलीले ०७७ माघ १२ मा पत्नी राधिका शाक्य र सहयोगीका साथ पशुपतिनाथ मन्दिर पुगेर ‘सङ्कल्प पूजा’ गरेर करिब एक अर्ब रुपैयाँ लागतमा जलहरी राख्ने घोषणा गरेका थिए ।
सुनको जलहरी राख्न ओलीले सरकारका तर्फबाट ३० करोड दिने घोषणा गरेका थिए । कोषले सरकारबाट प्राप्त हुने रकममा ५० करोड ११ हजार थपेर करिब ८० करोड लागतमा १०८ केजीको जलहरी राख्ने निर्णय गरेको थियो । जलहरी निर्माणका क्रममा २४ क्यारेटको सुन पगालेर २२ क्यारेटको बनाउने र त्यसमा ३ प्रतिशत तामासँगै एक प्रतिशत चाँदी मिसाइएको कोषले जनाएको छ ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend