Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • भोटेबहालमा इनारमा डुबेर २ जनाको मृत्यु


    सोमबार, असार ११ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौंको भोटेबहालमा इनारमा डुबेर दुई युवकको ज्यान गएको छ।

    आज (आइतबार) बिहान साढे ८ बजे उनीहरू इनारमा डुबेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसएसपी सीताराम रिजालले जानकारी दिए।

    मृत्यु हुनेहरूमा झापाका ३६ वर्षीय दिपने लिम्बू र सिन्धुलीका २२ वर्षीय जितेश गुरूङ रहेका छन्।

    एसएसपी रिजालका अनुसार उनीहरू नजिकैको घरमा रङ लगाउन पुगेका थिए। पानी तान्ने क्रममा मोटर इनारमा खसेपछि मोटर निकाल्न दिपेन पहिला इनारमा गएका थिए।

    दिपेन डुबेपछि उनलाई बचाउन जाँदा जितेशको पनि डुबेर मृत्यु भएको एसएसपी रिजालले बताए।

    त्यसपछि उनीहरूसँगै रङ लगाउन गएका अर्का युवकले दुई जनालाई इनारमा डुबेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

    अहिले एकजनाको शव इनारबाट निकालिसकिएको छ भने अर्को शव निकाल्ने प्रयास भइरहेको प्रहरीको भनाइ छ। इनार गहिरो भएको र अप्ठ्यारो भएका कारण पनि शव निकाल्न समय लागेको बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार