काठमाडौँ । कोरोना संक्रमण नियन्त्रण, लकडाउनको अवधि थप्ने लगायतका विषयमा छलफल गर्न आइतबार मन्त्रिपरिषद्को बैठकसमेत बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले दैनिक ज्यालादारीबाट जीविकोपार्जन गर्ने मजदुर, उद्योगी व्यवसायीका लागि प्याकेजको घोषणा गर्ने बताइएको छ ।
लकडाउनले करिब १६ लाख मजदुरको जीवन गुजारामै संकट पैदा भएको छ । चैत ११ देखि १८ सम्म घोषित लकडाउनको अवधि कोरोना संक्रमणको महामारी फैलिइरहेकाले थप हुने संभावना छ ।
मन्त्रिपरिषद बैठकले एक सय ५० युनिटसम्म बिजुलीमा २० प्रतिशत छुटको समेत घोषणा गर्न लागेको समाचार छ ।
लक डाउनको अवधि थप्न गर्नेलगायका विषयमा निर्णय गर्न आइतबार दिउँसो उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्च स्तरीय समन्वय समितिको बैठक बसेको छ । कम्तीमा थप दुई साता लकडाउन लम्बिने सम्भावना छ ।
नेपाल सरकारले लकडाउन घोषणा गरेपछि ज्यालादारी काम गर्ने मजदुरदेखि विपन्नहरुलाई खाद्यान्नकै संकट हुने भएको छ ।
तर छिमेकी देश भारतमा मोदी सरकारले १ लाख ७० करोड अर्ब डलरको रुपैयाँको राहत प्याकेजको घोषणा गरेको छ । अर्थमन्त्री निर्मला सीतारमणले कोरोना भाइरसले सिर्जना गरेको अवस्थालाई ध्यानमा राख्दै आर्थिक राहत प्याकेज घोषणा गरेकी हुन् ।
१ लाख ७० लाख करोडको राहत प्याकेजको घोषणा गर्दै उनले भने कि यो भोकमरी नहुन सरकारको प्रयास हो । अर्थमन्त्री निर्मलाले सरकारको ध्यान दैनिक ज्याला मजदुर र लकबन्दीको प्रत्यक्ष प्रभाव पारेका गरिबहरूलाई सहयोग गर्ने कुरामा केन्द्रित रहेको बताएकी छन् ।
अर्थमंत्रीले भने जनतालाई प्रधानमन्त्री गरीब कल्याण अन्ना योजना अन्तर्गत खाना उपलब्ध गराइनेछ । प्रत्येक व्यक्तिलाई ८० किलोग्राम खाद्यान्न छुट्याइन्छ ।
अर्थ राज्यमन्त्री अनुराग ठाकुरले सरकारले खाद्यान्न र पैसा दुबैलाई सहयोग गर्ने बताएकी छन् । उनले ८० करोड गरीबले आगामी तीन महिनामा ५ केजी बढी रासन (गहुँ वा चामल) पाउनेछन् । यसका साथै, प्रत्येक परिवारलाई उनीहरूको मन पर्ने एक किलो दाल दिइनेछ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend