Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वानएक्स बेटमा पक्राउ परेका आठ जना कलाकारलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति


    आइतबार, असार १० २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं जिल्ला अदालतले वानएक्स बेट प्रकरणमा पक्राउ परेका ८ जना कलाकारलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले आइतबार यसअघि दिइएको दुई पटकको म्याद सकिएपछि थप ५ दिनको समय थप्न अनुमति दिएको हो ।

    गत जेठ ३२ गते उपत्यका अपराध अनुसन्धान कार्यालयले हास्यकलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), पवन खतिवडा (म्याकुरी), राजु पौडेल (राजु मास्टर), सरोज घिमिरे (ढेडो बुढो), बेगम नेपाली (भटभटे माइला) तथा युट्युबरहरु एलिश राई, जलन घर्तीमगर ‘जलन’ र गणेश देवकोटा (जीडी) लाई पक्राउ गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार