Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • २० वर्षपछि पक्राउ परे श्रीमतीको हत्या गरेर भागेका अरुण


    सोमबार, भाद्र २९ २०७७
    740
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले श्रीमतीको हत्या आरोपीलाई २० वर्षपछि पक्राउ गरेको छ । दोलखाको भीमेश्वरस्थित ताथली घर भई काठमाडौँमा बस्दै आएका अरुणकुमार रिजाल सुनार लाई श्रीमती हत्या गरेर फरार रहेको अभियोगमा पक्राउ गरिएको हो ।

    सुनारले आफ्नी श्रीमती दिलमायाको २०५७ मा हत्या गरेको आरोप लागेको थियो । घटनापछि फरार हुँदै आएका उनलाई पक्राउ गरी आइतबार जिल्ला अदालत काठमाडौँमा पेश गरिएको थियो । अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

    दिलमाया आफ्नै कोठामा मृतावस्थामा फेला परेकी थिइन्। तत्कालीन समयमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट अनुसन्धान गर्दा सुनारले नै घाँटी थिची कर्तव्य गरी मारेको खुल्न आएको थियो। त्यसपछि उनी फरार थिए।

    उनलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले पक्राउ गरी जिल्ला सरकारी वकिल कार्यालय बबरमहल काठमाडौं बुझाएको थियो। उनलाई अहिले नक्खु कारागार ललितपुरमा राखिएको जनाइएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार