Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • अपहरणको नाटक गर्ने महिला पक्राउ


    आइतबार, भाद्र २८ २०७७
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अपहरणको नाटक गर्ने एकजना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका-४ मैनवा घर भई नेपालगञ्ज उपमहानगरपालिका-६ फूलटेक्रा बस्ने ३३ वर्षीय आशिककुमारी चौधरी रहेकी छन् ।

    प्रहरीका अनुसार उनले सानु दहितको नामबाट सुन्दर केटीको फोटो राखेर फेसबुक आईडी बनाई नवलपरासीका एकजना केटालाई साथी बनाएकी थिइन् । तर आफूले झुटो कुरा गरेको कारण केटालाई भेट्नु पर्ने बाध्यताले आफूले अपहरणको नाटक गरेको उनले बताएकी छन् ।

    काल्पनिक घटना बनाएर आफू अपहरणमा परेको नाटक गरेकी चौधरीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले शनिबार उनैकै डेराबाट नियन्त्रणमा लिएको हो । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार