Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नागरिकता ऐन कार्यान्वयनको बाटो खुलेपछि माइतीघरमा खुशियाली


    बिहिबार, असार ७ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन हुने भएपछि नागरिकताविहीनहरुले खुशियाली मनाएका छन् । सर्वोच्च अदालतले आज उक्त विधेयक कार्यान्वयनका लागि बाटो खुला गरेसँगै नागरिकताविहीनहरुले माइतीघरमा खुशीयाली मनाएका हुन् ।

    राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयकमा जन्मका आधारमा नागरिकता लिएका नेपालीको सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था छ । तर उक्त विधेयक प्रमाणीकरणविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले २२ जेठमा विधेयक कार्यान्वयनका लागि अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

    सर्वोच्चको आदेशपछि जन्मसिद्ध नागरिकका सन्तानले माइतीघर केन्द्रित आन्दोलन गर्दै आएका थिए । तर, आज न्यायाधीश डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले उक्त अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेशको उनीहरुले स्वागत गरेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार