Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रामेछाप :५४ जना क्वारेन्टाइनमा 


    आइतबार, चैत्र १६ २०७६
    640
    Shares
  • २ मिनेट पाठ
  • रामेछाप, १६ चैत । शनिवारसम्म रामेछाप जिल्लामा क्वारेन्टाइनमा बस्नेको संख्या ५४ पुगेको छ । क्वारेन्टाइनमा बस्नेहरु भारतलगायत विभिन्न देशबाट स्वदेश फर्किएका थिए । 

    जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्रकुमार कर्णले गोकुलगंगा गाउँपालिकामा ७, दोरम्बा गाउँपालिकामा १०, मन्थली नगरपालिकामा ६, रामेछाप नगरपालिकामा १७, खाँडादेवी गाउँपालिकामा १० र लिखुतामाकोशी गाउँपालिकामा ४ जनालाई क्वारेन्टाइनमा राखिएको  जानकारी दिए ।

    महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि रामेछाप जिल्लाका आठ वटै स्थानीय तहले आइसोलेसन केन्द्र र सामुदायिक क्वारेन्टाइन स्थल स्थापना गरेका छन् । जिल्लामा आवश्यक पर्दा चिकित्सक गएर उपचार गर्न सक्ने ४५ वटा आइसोलेसन कक्ष र १ सय ६७ जना अट्ने क्वारेन्टाइनस्थल स्थापना भएका छन् ।

    हालसम्म मन्थली नगरपालिकामा २२ वटा, रामेछाप नगरपालिकामा ४ वटा, दोरम्बा गाउँपालिकामा ७ वटा र सुनापति गाउँपालिकामा ६ वटा आइसोलेसन सेन्टर स्थापना गरिएको कर्णले जानकारी दिए ।

    त्यसैगरी मन्थली नगरपालिकामा २०, रामेछाप नगरपालिकामा ६०, दोरम्बा गाउँपालिकामा ८, खाँडादेवी गाउँपालिकामा २०, गोकुलगंगा गाउँपालिकामा १५, उमाकुण्ड गाउँपालिकामा २८ र लिखु तामाकोशी गाउँपालिकामा १६ जना अट्ने क्वारेन्टाइनस्थल तयार पारिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार