Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • पीसीआर परीक्षण गर्दा अब २ हजार भन्दा बढी लिन नपाइने


    आइतबार, भाद्र २८ २०७७
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यसअघि कोरोना परीक्षण शुल्क ४ हजार ४ सय कायम भएकोमा अहिले घटाएर अधिकतम २ हजार रुपैयाँ कायम गरिएको हो ।

    आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरस लागे नलागेको थाहा पाउन गरिने पीसीआर परीक्षणमा अबदेखि कुनैपनि ल्याबले अधिकतम २ हजार बढी शुल्क लिन नपाउने निर्णय गरिएको जानकारी दिए ।

    सरकारको यो निर्णयसँगै अब निजी तथा सशुल्क परीक्षणका लागि तोकिएको ल्याबहरुले २ हजार भन्दा बढी शुल्क लिन पाउने छैनन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार